रुपन्देहीमा कोरोना संक्रमणबाट एकजना विरामीको मृत्यु

बुटवल, ९ भदौ। रुपन्देहीमा कोरोना संक्रमणबाट एकजना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँंपालिकाका–३ का ५५ वर्षिय पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

उनी एक हप्ताअघि बुटवलमा घर निमार्ण गर्ने क्रममा लडेर घाईते भएका थिए । लडेर गम्भीर घाइते भई युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका थिए । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्ने क्रममा उनको पीसीआर परीक्षण गर्दा ४ दिन अघि कोरोना पोजेटिभ देखिएको आफन्तले बताएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दबाब दिएकाले उनलाई भीम अस्पतालमा ल्याएर भर्ना गरिएकोमा सोमबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ । उनी बुटवलको देवीनगरमा घर बनाउदै गर्दा दुई तलाबाट लडेर घाईते भएका थिए । बुटवलवाट भैरहवा पठाएपछि उपचार गर्दा गर्दे मृत्यु भएको बताइएको छ ।

गैहवाहा ३ ढेउठनियाँ बस्ने मृत्तकको आफन्तहरु १८ जनालाई होम आइसोलेसनमा राखिएको छ । भने दुई जना कुरुवाको अहिले पिसिआर टेस्टको लागि प्रक्रिया अगाडि बढाइएको छ । शव व्यवस्थानका लागि सेनाले जिम्मा लिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्