रुखको हाँगाले लागी एक जनाको मृत्यु

पाँचथर, २३ चैत । पाँचथरमा रुखको हाँगाले लागी एक जनाको मृत्यु भएकाे छ ।

पाँचथर फालेलुङ-५ लुदिन बस्ने ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागी मृत्यु भएको हाे । शनिबार दिउँसो ३ बजे सोही स्थानमा रहेको सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले राईको टाउकोमा लागी गम्भिर घाईते भएका थिए ।

उपचारको लागि फिदिम पाँचथर लादै गर्दा उनको राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्