राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आ’खेटो’पहार र भ’रुवा बन्दु’कसहित पाँच जना पक्राउ

काठमाडौँ, ०३ माघ। डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आ’खेटो’पहार र भ’रुवा बन्दु’कसहित पाँच जना पक्राउ परेका छन् । चो’री शि’कारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् ।

उनीहरुबाट दुई थान भरुवा ब’न्दुक, ५० था’न गो’ली, दुई डिब्बा बा’रुद, बा’रुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई सि’ङ, कस्तु’रीको दा’राजस्तै देखिने छ वटा, बन्दु’कको के’पको बट्टा, संरक्षित वन्यजन्तु क’स्तुरी जस्तो देखिने दुईवटा खुट्टा, पासोमा प्रयोग गरिने १४ थान ता’रलगायत सामग्री ब’रामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनु’सन्धान प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोली पनि बरामद गरेको थियो ।

भौगोलक कठिनाइ, विशाल भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चो’री शि’कारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समय वन जङ्गल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीयवासीसँग समन्वयकारी भूमिका खेल्दै आएको छ । रासस

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्