काठमाडौँ, २३ कत्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई बधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् ।
राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी बाइडेन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको बताएकी छन् ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा @JoeBiden तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा @KamalaHarris लाई हार्दिक बधाई ! उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।
— Bidya Devi Bhandari (@PresidentofNP) November 8, 2020
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नवनिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन् ।
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020