राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्डसहित नेकपाका ३ शीर्ष नेता

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभि’योग लगाएर हटा’उन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण लिन नेकपाका ३ शीर्ष नेता शीतलनिवास पुगेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन । त्यस्तै नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि शीतल निवास पुगेका छन् ।

शनिबार बेलुका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीभित्रको विवा’द उत्क’र्षमा पुगेको भन्दै अब पार्टी एक रहन नसक्ने सम्भावना रहेको बताएका थिए । त्यस क्रममा उनले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजी’नामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्