नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा

काठमाडौं, २४ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् । घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेका हुन् । पौडेलले शनिबार विहान ट्वीटर मार्फत आँफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए ।

तर, आफू र परिवारका सदस्यमा अहिले सम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन् । पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको पुनः स्वाव संकलन गरिएको थियो ।

पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *