सञ्चारकर्मी रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि, यस्तो भन्छन त रबी

काठमाडौं, १३ कत्तिक । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।

उनले लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्