सन्जीवनीको आवाजमा रहेको मेरो देश युट्युबमा सार्वजनिक भएको छ । गीतको शब्द रन्जना राइको रहेको छ भने संगीत अर्जुन पोखरेलले गरेका छन । गीतमा पुरुसोत्तम सुबेदिले संगीत संयोजन गरेका हुन ।
मेरो देश रुयो भने म काहाँ हास्न सक्छु
मेरो देश लाई दुख्यो भने म काहाँ बाँच्न सक्छु
देशकै माया ठुलो मलाई देशमै केहि गर्ने
अन्तिम इछ्या यहि देशको माटो छोई मर्ने
हौं हामी अग्रगामी गौतमका चेला
सान्ती दीप बाल्नै पर्छ देश रुको बेला
हसियाँ,खुर्पा,खुकुरी छ बीरताको सान
मेची,काली, कांगडा र टिस्टा हाम्रो धन
प्राण भन्दा प्यारो लाग्छ मात्री भुमी नेपाल
विश्वमा नै चिनाउने छ सगरमाथा हिमाल
आसा गर्ने छैनौ कहिले पराईको दक्षिणा
मेहनतले बगाउँछौं आफ्नै देशमा पसिना