रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको आवाजमा ‘आयौं चेली माइती सम्झेर’

तीज आउन एक महिना भन्दापनि बढी समय बाँकी छ । तर बजारमा तिजका गीतले प्राथामिकता पाउन थालिसकेको छ । यस्तैमा घनश्याम ओलीको शब्द, दीपक शर्माको संगीत रहेको तीज गीत ‘आयौं चेली माइती सम्झेर’ सार्वजनिक भएको छ ।

रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको स्वर रहेको गीतको संगीत संयोजन भने कृष्ण बिकले गरेका हुन ।

सरोज ओलीद्धारा निर्देशित भिडियोमा अल्का सुबेदी, सुक्रिती उप्रेती, उत्साह घिमिरेको नृत्य देख्न सकिन्छ । भिडियोको छायाँकन नवराज उप्रेतीले गर्का हुन भने सम्पादन अमन मानन्धरको छ ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्