र’क्सीको सट्टा सेनिटाइजर पिउँदा १० जनाको ज्यान गयो

लकडाउनका कारण म’दिरा पसल बन्द भएपछि र’क्सीको लतमा परेकाहरूले अल्को’हलमा आधारित सेनिटाइजर पिएपछि १० जना भन्दा बढीको ज्यान गएको छ । भारतको आन्ध्र प्रदेशमा र’क्सीको लतमा परेकाहरूले र’क्सी पिउन नपाउँदा अल्को’हलमा आधारित सेनिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो ।

आन्ध्र प्रदेशको कुरिचेदु गाउँका ती मानिसले र’क्सी नपाएपछि सेनिटाइजरमा पनि र’क्सि हुने कुरा सुनेपछि सेनि’टाइजरलाइ पानी र अन्य पेय पदार्थमा मिसाएर पिएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख कौशलका अनुसार उनीहरुले झन्डै १० दिनसम्म सेनिटाइजर पिएका थिए जसकारण उनीहरुको मृत्यु भएको हो। सेनिटाइजर अन्य कुनै वि’षादी पदार्थ थियो कि भनेर सेनिटाइजरको नमुना परीक्षणका लागि पठाइएको कुरा पनि जानकारी दिए।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *