झोबाङ पोखरा सम्पर्क समाजद्वारा रक्तदान कार्यक्रम हुने

मनोज नेपाली ‘मनु’ पोखरा, २ माघ । झोबाङ पोखरा सम्पर्क समाजद्वारा माघ ३ गते खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । ‘रक्तदान जिवनदान जिवनदान महादान’ भन्ने मुल उद्घोषका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाका सदस्य प्रेम पौडेलले जानकारी गराए ।

उनका अनुसार रक्तदान कार्यक्रम पोखरा ५ प्रस्र्याङ केसी खाजाघरको प्राङ्गणमा हुनेछ । पोखरामा देखिएको रगत अभावलाई परिपुर्ति गर्ने हेतुले आफुहरुले रक्तदान कार्यक्रम गर्न लागेको उनले बताए । कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न सुदिप पौडेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

संस्थाले रगत अभाव जस्तो समस्याका समाधानका लागि रक्तदान कार्यक्रममा सरिक भई रक्तदान गर्न सबैलाई आग्रह समेत गरेको छ । संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्