यी फोनहरु अहिले सम्मकै सबैभन्दा धेरै बिक्री भएका फोनहरु हुन

अहिले सबैको हात हातमा स्मार्टफोन छ । एक अर्थमा भन्ने हो भने मोबाइल फोन बिनाको जिन्दगी अहिले कल्पना सम्म पनि गर्न नसकिने भएको छ ।

अधिकाशंको बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिलो काम नै मोबाइल हेर्ने हुन्छ र राती सुत्नु भन्दा अगाडि सम्म पनि मोबाइल नै साथी हुन्छ ।

त्यसैमध्य आज हामी संसारको सबैभन्दा धेरै बिक्री भएको फोनहरुको बिषयमा चर्चा गर्न लागेका छौ ।

नोकिया 1100:
यो संसारको सबैभन्दा बिक्री भएको फोन हो । सन् २००३ मा सार्वजनिक भएको हो र यसको २५ करोड बढी युनिट्स बिक्री भएको हो ।

नोकिया 1110:
दोस्रो सर्वाधिक बिक्री भएको फोन पनि नोकियाकै हो । अहिलेसम्म लगभग २५ करोड फोन बिक्रि भएका छन् ।

एप्पल आइफोन 6:
यो सूचीको तेस्रो नम्बरमा एप्पलको आइफोन सिक्स र सिक्स प्लस हुन् । यसको २२ करोड भन्दा बढी युनिट्स बिक्रि भएका छन् ।

नोकिया 105:
नोकिया १०५ को २० करोडभन्दा बढी फोन बिक्रि भएका छन् । यो फोनलाई सन् २०१३ मा लञ्च गरिएको थियो ।

नोकिया 3210:
नोकिया ३२१० का १६ करोड बढी बिक्रि भएको छ । यो सन् १९९९ मा लञ्च गरिएको थियो । यो फोन बलियो भएको कारण सफल रह्यो ।

नोकिया 6600:
यो फोन आफ्नो डिजाइन र क्यामराका कारण चर्चित रह्यो । सन् २००३ मा रिलिज भएको यो फोनको १५ करोड युनिट बिक्रि भएको थियो ।

नोकिया 5230:
यो नोकियाको टच स्क्रिन मोबाइल थियो यो फोनमा २ एमपीको क्यामरा र १२८ एमबीको र्याम थियो । यो फोन १५ करोड बढी बिक्रि भयो ।

सामसङ E1100:
नोकिया फोनजस्तै यो पनि बलियो भएका कारण चर्चित रह्यो । सन् २००९ मा सार्वजनिक भएको यो फोनको १५ करोड युनिट्स बिक्रि भयो ।

नोकिया 2600:
यो फोनको बडी निकै बलियो थियो । यो सन् २००४ मा सार्वजनिक भयो । यसको १३.५ करोड बढी युनिट्स बिक्रि भएको छ ।

मोटोरोला RAZR V3:
यो सबैभन्दा धेरै बिक्रि भएको फ्लिप फोन हो । यसको १३ करोडभन्दा बढी युनिट बिक्रि भएको छ । कम्पनीले यसको नयाँ मोडल पनि सार्वजनिक गरेको छ ।

मोबाईल फोन

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्