यसरी रुवाउने गीत गाइन समिक्षा अधिकारीले हेर्नुहोस् भिडियो सहित

उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको शुभारम्भ डिजिटलले पछील्लो समयमा अत्यान्तै मर्मस्पशी तीज गीत “आमाको काख” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

गीतमा समिक्षा अधिकारीको एकल आवाज रहेको छ । समिक्षाले एकल रुपमा आवाज भरेको यो नै पहिलो तीज गीत हो ।

गीतको शब्द सृजना सुबाश जिसीले गरेका छन भने लय सृजना हरी गिरी बिमर्सीले गरेका छन । तीजको लागि तयार पारीएको यो गीतको कृष्ण केसीले संगीत संयोजन गरेका हुन ।

गीतमा प्रयोग भएका शब्द, त्यसैमाथी मार्मिक लय अनी समिक्षाको आवाज सुन्दा प्रायको आँखा रसाउँछ । चेलीले आफ्नो माइती घरबाट बहिष्कार हुनु पर्दाको पिँडा गीतमा समेटिएको छ ।

गीतको अडियो पक्ष जस्तै भिडियोलाई पनि उत्तिकै उत्कृष्ट बनाइएको छ । गीतको बिचबिचमा प्रयोग गरिएका संवादले झन गीतलाई उत्कृष्ट बनाउने काम गरेका छन ।

प्रेम सोनी सुनर, दिब्यानी ओली र जुनु जिसीको अभिनय रहेको गीतलाई सुबाश जिसीले निर्देशन गरेका हुन । देव पुनले छायांकन गरेको गीतलाई सम्पादन भने पबित्रा जिसी र कलर बिकास ज्ञावालीले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्