मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष वीरेन्द्र शाह घाइते

शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाइते भएका हुन्।

शाहको खुट्टामा गम्भीर चोट लागेको तुलसीपुर इलाका प्रहरीले बताएको छ। साथै मोटरसाइकल र चालकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालका अनुसार शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्