काठमाडौं, १० पुष । १२ जना चिकित्सकलाई प्रमाण सहित उपस्थित हुन नेपाल मेडिकल काउन्सिलले निर्देशन दिएको छ । आज एक सुचना जारी गर्दै काउन्सिलले उनीहरूको शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको सक्कलै प्रमाण सहित उपस्थित हुन निर्देशन दिएको हो ।
काउन्सिलले चिकित्सककहरुको नाम ठेगाना र योग्यता खोली दर्ता अभिलेख अध्यावधिक गर्ने काम सम्पन्न गर्नका लागि सूचना जारी गरेको जनाएको छ । काउन्सिलबाट प्रदान गरिएको प्रमाणसहित सूचना प्रकाशन गरेको मितिले तीस दिन भित्र सम्पर्क गर्न आग्रह गरेको हो ।
काउन्सिलले जनकपुरकी डा. प्रेक्षा साह, महोत्तरीका डा. रोशनकुमार शाह, पर्साका डा. शशिकान्त चौधरी, बाराका डा. प्रतिमाकुमारी यादव, पर्साका डा. धनंजयकुमार माली, उदयपुरका डा. रजनिश खड्का, रौतहकी डा. विनिता सिंह, पर्साका डा. पुष्करकुमार तिवारी, महोत्तरीका डा. सीताराम सिंह कुशवाहा र डा. कविता सिंह, सिरहाका डा. दीपककुमार शर्मा र रौतहटका डा. अजयकुमार अस्थानालाई ऐन अनुसार दर्ता किताबका अभिलेख अध्यावधिक गर्न बोलाएको हो ।
यसअघि काउन्सिलले पत्र र फोन मार्फत् जानकारी गराए पनि हाल सम्म उनीहरु प्रमाण सहित काउन्सिलमा नआएकाले सूचना जारी गरेर बोलाइएको हो । ३० दिन भित्र उपस्थित नभए कारबाही गर्ने काउन्सिलले चेतावनी समेत दिएको छ ।
‘चिकित्सकहरूको सम्पुर्ण शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको प्रमाण पत्र लिई सुचना जारी भएको ३० दिन भित्रमा काउन्सिलमा सम्पर्क गर्नु्होला,’ सुचनामा भनिएको छ, ‘उक्त समयसम्म सम्पर्कमा नआएमा नियमानुसार कारबाही अगाडी बनाइने छ।’
