मेक्सिकोका राष्ट्रपतिको बाइडेनलाई बधाई नदिने निर्णय

एकातिर थुप्रै देशका नेताले जो बाइडेनलाई जीतका लागि बधाई दिइरहेका छन् भने एक नेता यस्ता पनि छन् जसले बधाई दिन सावधानी अपनाइरहेका छन् । मेक्सिकोका राष्ट्रपति एमलो भनेर चिनिने एन्ड्रेस मेनवेल लोपेस ओबराडोरले बाइडेनलाई अहिले नै बधाई दिनु हतार हुने र आफू कानूनी मुद्दा समाप्त हुञ्जेल प्रतिक्षा गर्ने बताएका छन् ।

उनको इशारा ट्रम्पको चुनावमा धाँधलीको आरोपको विषयमा थियो जसका लागि ट्रम्प अदालतमा चुनौती पेश गर्न चाहन्छन् । यद्यपि, यी दाबीको विषयमा ट्रम्पले अहिले सम्म कुनै प्रमाण भने पेश गरेका छैनन् ।

‘हामी लापरवाही गर्न चाहन्नौं ।’ शनिबार एमलोले मिडियासँग भने, ‘हामी विचार नगरिकन केही पनि गर्न चाहन्नौं र हामी जनताको निर्णय र हकको सम्मान गर्न चाहन्छौं ।’ एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्