मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएपछी…

पाल्पा, २८ असार। पाल्पामा एक व्यक्तिलाई मृत भनी दाहसंस्कार गरिएपछी उनि जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवितै भेटिएका छन्।

रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले भने : ६५ वर्षीय श्यामशरण भण्डारीको मृत्यु भएको भनी दाहसंस्कार गरिएको थियो। तर अहिले उनलाई जिवितै अबस्थामा भेटिएको छ।

केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा एक पुरुषको लास भेटिएको थियो। उक्त पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन्।

गुल्मी निवासी भण्डारी रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए। श्यामशरण घरमा पुर्‍याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो। किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरू खुशी देखिएका छन् ।

श्यामशरण भण्डारी मृत नभई जिवितै रहेको पाल्पाका अर्चलेका भीष्मा पन्तले रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनालाइ जानकारी दिएका थिए। जसमार्फत भण्डारीलाइ घरमा पुर्याइएको थियो।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्