संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो

काठमाडौं, ३ भदौ । आज मात्र कोरोना संक्रमण्का कारण भक्तपुरकी एक महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । संक्रमणका कारण पाटन अस्पतालमा भक्तपुरकी सूर्यविनायककी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको कोरोना संक्रमणका कारण निधन भएको हो ।

यता, चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । उनको हिजो मात्रै स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर कोभिड अस्पताल पठाइएको थियो ।

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भएको छ । त्यस्तै हिजो मात्र कोरोनाका कारण काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एकएक पुरुष र तनहुँकी एक महिलाको मृत्‍यु भएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्