महोत्तरीबाट जु’वा खेलिरहेको अवस्थामा तीनजना जु’वाडे पक्राउ

बर्दिवास, १५ कत्तिक । महोत्तरीबाट जु’वा खेलिरहेको अवस्थामा तीनजना जु’वाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका-७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह रहेका छन् ।

आज बिहान करिब ४ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो । महोत्तरीको मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले दिएको जानकारी अनुसार अन्य दुईजना भने फरार छन र पक्राउ परेका तीनैजना माथि थप अ’नुस’न्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस् :-
कृष्णपुर नगरपालिका–४ मालुमेला स्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव जङ्गलमा भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव स’डिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए । प्रहरीका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिणमा चौधरीको शव भेटिएको हो ।

बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको थियो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्