महेन्द्र राजमार्ग बाट पुर्व-पश्चिम राजमार्गमा परिणत भएको सडकको बर्तमान अवस्था

हेमन्त बहादुर शाह – कैलाली, १२ मंसिर । नेपालको पुर्ब देखी पश्चिम सम्म जोडीएको महेन्द्र राजमार्गलाई बर्तमान सरकारले पुर्व-पश्चिम राजमार्गमा नामाकरण गरेको छ । महेन्द्र राजमार्ग बनाउने घोषणा बि.सं.२०१८/०८/०३ गते राजा महेन्द्रले पोखरामा गर्नुभएको थियो । जसको सिलान्यास २०१९/०१/०१ गते नवलपरासीको गैँडाकोटमा भएको थीयो । महेन्द्र राजमार्गले देशका करीब २७ जिल्लालाई सेवा सुबिधा दिएको पाईन्छ ।

बि.सं. २०२० सालमा महेन्द्र राजमार्गको सर्वेक्षण गरी यसको निर्माण काम सुरु गरिएको थियो र मेची ढल्केवर सडक खण्ड देखी बुटवल कोहलपुर भारत तिर जान्छ भने नारायणगढ, बुटवल बाट बेलायत सरकारलाई छुने सडक स्वर्गीय राजा महेन्द्रले निर्माण गर्नु भएको थीयो । स्वर्गीय राजा महेन्द्रले सिलान्यास गरेको महेन्द्र राजमार्गलाई गणतन्त्र आएपछी पुर्व-पश्चिम राजमार्गमा नामाकरण गरिएको थियो । यो राजमार्ग नेपालको पुर्व र सुदुरपश्चिम जोड्ने एउटा मात्र बिकल्प बनेको छ ।

देशकै सबैभन्दा लामो यो राजमार्गमा अहिले सवारी साधनहरुको चाप बढ्दै जाँदा साघुँरो भईरहेको र राजा बिरेन्द्रले निर्माण गरेको यो राजमार्गमा राजसंस्था हटाएपछि गणतन्त्रबादीहरुले पुर्व-पश्चिम राजमार्गमा नामाकरण गरेका थिए । राजाको पालामा निर्माण गरिएको महेन्द्र राजमार्ग अहिले ठाउँ ठाउँमा बिग्रे भत्केको छ । गणतन्त्र आएपछी नेताहरुले महेन्द्र राजमार्गको नाम हटाएर पुर्व-पश्चिम राजमार्गमा परिणत मात्र गेर तर अहिले सम्म त्यो राजमार्गको सुधार भने भएको छैन ।

बर्तमान समयमा नेपालमा सवारी साधनहरुको बढ्दो चाप र पुर्व देखी पश्चिम सम्म ठुला ठुला सवारी साधनहरुको आवतजावत र राजमार्गका बिभीन्न ठाउँहरुमा बिग्रे भत्केको र राजमार्ग सँघुरो भएको हुनाले यो राजमार्गमा दुर्घटनाहरु दिन प्रतिदिन बढिरहेका छन् र दुर्घटना भयो भने पीडीत पक्ष राजमार्गमा जम्मा भएर गाडीका टाएरहरु जलाउने र स्थानीय जनप्रतिनीधिहरु गएर पीडीत पक्षलाई ५ लाख तिराउने क्रम बढ्दो अबस्थामा छ तर बिग्रे भत्केको ठाउँहरुमा सुधार भने भईरहेको छैन ।

कैलाली जिल्लाको लम्की चुहा न.पा.मा पुर्व-पश्चिम राजमार्गको बर्तमान अबस्था :

महेन्द्र राजमार्ग बाट पुर्व-पश्चिम राजमार्गमा परिणत भएको सडकको बर्तमान अवस्था

नेपालको पुर्ब देखी पश्चिम सम्म जोडीएको महेन्द्र(पुर्व-पश्चिम)राजमार्ग संगै जोडीएको कैलाली जिल्लाको लम्कीचुहा नगरपालीकामा पर्ने भु-भागमा राजमार्गको सडकको अवस्था एकदमै दयनीय छ, जहाँ खाल्डा खुल्डीहरु थुप्रै छन, बर्षातको समयमा त राजमार्ग झन पौडी खेल्ने ताल जस्तै भएको हुन्छ र दुर्घटनाहरु एकदमै तिब्र गतीमा बढीरहेको कुरा सर्वव्यापी नै छ ।

जहाँ जनप्रतिनीधिहरुलाई यो सडकको बारेमा कुनै चिन्ता र चाँसो छैन र त्यहाँका युवाहरु र संगठनहरु मिलेर बेलाबखत माटो र बालुवा हालेर राजमार्गका खाल्डा खुल्डी भरेर गुजरा र केहि दीन सहज पनी बन्छ र दुईचार दीन पछी फेरी उस्तै अबस्था आम नागरीकहरुले देखीराखेका छन् । त्यस्तै अरु ठाउँ र देशका सबै राजमार्गहरुमा पनी यस्तै अबस्था नहोला भन्न सकिदैन ।

देशका समान्य जनप्रतिनीधीहरु देखि सांसद मन्त्री सम्म पुर्व-पश्चिम राजमार्गमा नामाकरण गरिएको राजमार्गमा समय समयमा चिल्लो कारमा हिडीरहेका हुन्छन, तर त्यो राजमार्गको नाजुक अबस्थामा उनीहरुको ध्यानाकर्षण नै हुँदैन ।

कैलालीको लम्कीमा युवाहरुले राजमार्गमा माटो भराउँदै :

महेन्द्र राजमार्ग बाट पुर्व-पश्चिम राजमार्गमा परिणत भएको सडकको बर्तमान अवस्था

अन्तमा ; महेन्द्र(पुर्व-पश्चिम राजमार्ग)ले गर्दा नै पुर्व देखी पश्चिम सम्म देशका सबै नागरिकहरु आवतजावत गर्ने अवसर मिलेको छ र अहिलेको सन्दर्भमा सो राजमार्गमा बढ्दो सवारी साधन अनुसार एकदमै तिब्र गतिमा दुर्घटना भईरहेका कारण राज्य सत्तामा बसेका अग्रज ब्यक्तिहरुले यसमा ध्यानाकर्षण गरी राजमार्गको सुधार, बिकास र बिस्तार गर्न नितान्त आवश्यक छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्