काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन ।
सोमबार साँझ ६ बजेदेखि कोइरालालाई उच्च ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको उनका स्वकिय सचिव भरत तिवारीले जानकारी दिए । ज्वरो कम भएपनि चिकित्सकहरुले उनिमाथि निमोनिया भएको आशंका गरेका छन् ।
कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ । अस्पतालले कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।
कोइरालालाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो