सार्बजनिक भएको केहि समयमा नै ‘मलाई नसोध, नखोज’ को चौतर्फी चर्चा

प्रकाश रसाइली । चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरी, गायिकाद्वय सुनिता बुढा क्षेत्री र सरस्वती सुनारको स्वरमा ‘मलाई नसोध, नखोज’ बोलको लोकलयमा आधारित गीत सार्वजनिक भएको छ । गीत सार्बजनिक भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

गीतका संगीतकार राजेन्द्र कँडेल हुन् । शब्द हरि केसीले लेखेका छन् । गीतका एरेञ्जर विनोद बाजुराली हुन् । गीत बिहीबार सार्वजनिक भएको हो । वियोगान्त शैलीका शब्द रहेको गीतको म्युजिक भिडियोको कथा पनि वियोगान्तमै बनेको संगीतकार राजेन्द्र कँडेलले बताएका छन् ।

‘मायाँ प्रेम र त्यसबाट हुने पीडालाई गीतमा देखाउन खोजिएको छ’, कँडेलले भने, ‘युवा–युवती एक हुन नपाएर विछोड हुँदा र समाजले गाउँबाट लखेट्दाको पीडालाई गीतमा समेटिएको छ । संगीतकार कँडेल आफैमा पनि गायक हुन् । कँडेलले गायक खेम सेञ्चुरीका साथै गायिकाद्वय सुनिता बुढा क्षेत्री र सरस्वती सुनारले गीतमा न्याय गरेको बताएका छन् ।

उनले खेम सेञ्चुरीको स्वर रहेको यो गीत अन्य गीतहरूभन्दा कम नरहेको बताए । सुपारी म्युजिक प्रालिले ल्याएको ‘मलाई नसोध, नखोज’को म्युजिक भिडियोको निर्देशन विनोद भण्डारीले गरेका छन् । म्युजिक भिडियोमा विनोद भण्डारी र रुपा कँडेलको अभिनय रहेको छ । मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियोलाई करन चैसरले छायाँकन गरेका छन् ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्