मन्दिरहरु सामाजीक दुरी कायम गरी खोलिनुपर्ने हिन्दु धर्मालम्बीहरुको माग

पोखरा, ४ कार्तिक । बिश्व हिन्दु महासंघले शान्तीपूर्ण आन्दोलन गरेको छ । आज बिहान बिन्ध्यवासिनी मन्दिरको प्राङगणमा गरिएको कार्यक्रममा आस्थावान धार्मिक धर्मालम्वीहरुको घुइँचो लागेको थियो । कार्यक्रममा गुरु ठाकुर बराल, बिश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंखर खराल लगाएतले बोलेका थिए ।

सरकारले हिन्दु धर्म मास्न षड्यन्त्र गरेको, सबै संघ सस्था, चर्च खोलेको तर मन्दिर खोल्न निषेध गरेको, साबुन पानी, सेनिटाइजर प्रयोग गरी , सामाजीक दुरी प्रयोग गरी मन्दिर खोल्छौं भन्दा पनि सरकारले निर्णय नदिनु सरासर हिन्दु धर्म माथी प्रहार भएको बताइएको छ ।

महासंघको चरणबद्ध आन्दोलन गर्ने योजना रहेको जनाइएको छ । भोली ११ बजे जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रम पश्चात आएका आस्थावान हिन्दु धर्मावलम्बीहरुले सामाजिक दुरी कायम गरी बिन्ध्यवासिनी मन्दिरको दर्शन गरेर जाने कार्यक्रम तय भएको थियो । सो कार्य गर्दा नेपाल प्रहरीले भने भित्र जान दिएको थिएन । कार्यक्रमको संचालन विश्व हिन्दु महासंघ कास्कीका सचीव कमल पौडेलले गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्