मनकारी गुरुङ्गले एक लाख रुपैयाँ सटर भाडा छुट दिए

दिपिका जेनी, पोखरा, २५ बैशाख । बिगत तीन बर्षदेखी जापानमा रहँदै आएका मनाेज गुरुङ्गले पोखरा माहानगरपालिका ९ नयाँबजारस्थित आफ्नो सटरहरुमा ब्यावसाय सन्चालन गर्दै आएका ब्यावसायीहरुलाई एक महिनाको सटर भाडा छुट दिने घोषणा गरेका छन ।

‘लकडाउनको समयमा सबैलाई अप्ठ्यारो परेको छ । यस्तो परिस्थितीमा कमाइ नभएर खान त नपुग्ने अवस्था छ भने घरभाडा कसरी तिर्ने ?’ गुरुङ्ग भन्छन -‘मैले दिएको यो सानो सहयोगले कसैको घरमा खुशीयाली छाउने छ भन्ने आशा गरेको छु । पैसा भन्ने कुरा भोली कमाउदै गरौंला । अहिले सकेको सहयोग गरेर मानवताको धर्म निभाउनुहुन सबैमा आग्रह गर्दछु ।’

गुरुङ्गका पोखरा नयाँबजारमा १० सटरहरु भाडामा रहेका छन । एउटा सटरको भाडा दश हजार प्रतिमहिना रहेको छ । सटरहरुमा खाजा घर, माेटर साईकल वर्क शप, फर्निचर, आर्ट पसल, टायर पसल, मासु पसल, रिकन्डिसन लगायतका ब्यावसाय सन्चालनमा रहेका छन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्