तपाईंको आज : २०७७ मंसिर २ मंगलवारको राशिफल

२०७७ मंसिर २ मंगलवार, द्वितीया – किजा पूजा, अन्तर्राष्ट्रिय विद्यार्थी दिवस – 17 Nov 2020

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ –
समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो –
समय अनुकुल नै देखिन्छ । कार्य लगनशिलता घट्ने छैन । विश्वासको भरमा काम हुनेछन् । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह –
पढाइ लेखाइमा भनजस्तो प्रगती नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्र्रभावित हुनेछन् । माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो –
साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो –
योजना बनाएर लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते –
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु –
बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। तर, खर्च लागे पनि टाढाकाे यात्रा गर्ने अवसर आउनेछ। माया मारेको धन फिर्ता हुन सक्छ। रकम जोहो गर्न पनि सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि –
महत्वकाँक्षी योजना अगाडि बढाउदा एक पटक सोचेर मात्र बढाउनु होला । अस्थिरतामा जोड नदिनु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पारिवारिक सहयोगमा उपलब्धि हात लाग्नेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला । ऋण लगानी नगर्नु होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द –
व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नुनै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । समयमा काम नसकिने हुदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –
दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्