भारत जाने भनेर आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जना प्रहरीले पक्राउ

कैलाली, ३१ साउन । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको बताईएको छ । रासस

यो पनि पढ्नुहोस् :-

कैलाली, ३१ साउन । कैलालीबाट आठ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । लम्की चुहा नगरपालिका–१ बषपार्कमा रहेको दिपावली होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रण लिएको हो । जुवाखालबाट ८१ हजार रुपैयाँ र तासको गड्डी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका–१ बस्ने, ३२ वर्षीय रामराज जैसी, ३६ वर्षीय लक्षमण बुढाथोकी, ३३ वर्षीय जिबन अधिकारी, ३० वर्षीय धमिन्द्र रावल, २० वर्षीय पबन थापा छन् ।

लम्की चुहा नगरपालिका–२ बस्ने ३३ वर्षीय प्रकाश शाही, वडा नम्बर ४ का ३३ वर्षीय पुरन बिक, र घोडाघोडी नगरपालिका–१ बस्ने अक्कल शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्