भारतमा दैनिक ७० हजार सङ्क्रमित थपिन थाले

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९२६ सङ्क्रमित भएका हुन् ।

तीमध्ये ६ लाख ८६ हजार ३९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८६६ पुगेको छ । तीमध्ये ९७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् :-

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यसपटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् ।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।

कोरियोमा विशेष गरी सभा र्‍याली, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस संक्रमण फैलिएको हो । हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ ।

साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा बनाइएको छ । कोरियामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्