भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई हजारको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई हजारको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कुल मृतकको संख्या ११ हजार ९०३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ९७४ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको कुल संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ भने सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन । महाराष्ट्रमा १ लाख १३ हजार ४४५ जना संक्रमित छन् भने ५ हजार ५३७ को मृत्यु भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्