भारतको ओडिशामा बाढीका कारण हालसम्म १७ को मृत्यु लाखौं प्रभावित

भारतको छत्तिसगढ, झारखण्ड र ओडिशामा भएको तीब्र वर्षाका कारण ओडिशाका थुप्रै बस्तीमा बाढी पसेको छ । महानदीका साथै अन्य थुप्रै नदीको जलस्तर बढेको छ जसका कारण राज्यका २० जिल्ला प्रभावित भएका छन् । कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पूरी र भद्रक जिल्लाको स्थिती गम्भीर छ ।

राज्य सरकारका अनुसार बाढीका कारण हालसम्म १७ को मृत्यु भइसकेको छ । यतिमात्र होइन, बालीनाली पनि नष्ट भएका छन् । बाढीले लाखौंलाई प्रभावित पारेको छ । केही स्थानमा मानिसहरुसँग पिउने पानी र खानका लागि अन्नपात केही छैन ।

ज्यान बचाउनका लागि परिवार घरको तटमा, नदीको बाँधमा वा राहत शिविरमा बसिरहेका छन् । ओडिशा सरकारका स्वतन्त्र राहत आयुक्त प्रदिप कुमार जेनाले आइतबार बेलुका पत्रकारलाई भने, ‘यो बाढीमा ३ हजार २ सय ५६ गाउँ प्रभावित भएका छन् । ३४० गाउँबाट यातायात सम्पर्क पूर्ण रुपमा टुटेको छ । १०७ सडकमाथि पानी बगिरहेको छ । साढे दुई लाख मानिस पानीले घेरिएका छन् ।

राज्य सरकारको तर्फबाट राहत र उद्धारकार्य सुरु गरिएको छ । २ सय ५४ डुङ्गालाई यो काममा खटाइएको छ । यसबाहेक ४५ मोबाइल मेडिकल टिम, ४२ पशु चिकित्सा दल पनि बाढी प्रभावित इलाकामा काम गरिरहेका छन् । एजेन्सी

ओडिशामा बाढी
ओडिशामा बाढी
ओडिशामा बाढी
ओडिशामा बाढी
ओडिशामा बाढी
ओडिशामा बाढी

यो पनि पढ्नुहोस् :-

कोरोनाका कारण पछिल्लो ५ महिनादेखि संसारभरीका धेरैजसो स्कूल कलेज बन्द छन् । नेपाल सरकारले पनि भदौ मसान्तसम्म शिक्षण संस्था बन्द राख्ने निर्णय गरेको छ ।

कोरोनाकालमा धेरैको जागिर गुमेको छ, व्यापार व्यवसाय ठप्प छन् । यसको प्रत्यक्ष असर शिक्षामा पनि परेको छ । यसअघि शिक्षा सम्बन्धि युनेस्कोको एउटा रिपोर्ट सार्वजनिक भएको थियो जसमा कोरोनाका कारण संसारभरीका करिब १ करोड बालबालिका विद्यालय जान नसक्ने रिपोर्ट सार्वजनिक गरिएको थियो । एक रिपोर्ट अनुसार कोरोना अघि संसारमा २५ करोड बालबालिका शिक्षाबाट वञ्चित थिए । यसरी हेर्ने हो भने २६ करोड बालबालिका अब कहिले पनि विद्यालय जाने स्थितीमा हुने छैनन् ।

लकडाउनका बेला पढाई प्रभावित नहोस् भनेर थुप्रै देशले रिमोट लर्निङ सिस्टम वा अनलाइन कक्षाको व्यवस्था गरे । मोबाइल, टिभी र रेडियोमार्फत् विद्यार्थीलाई पढाइँदैछ । यद्यपि, यस्ता थुप्रै बालबालिका छन् जोसँग अनलाइन कक्षाका लागि सुविधा छैन । उनीहरुसँग मोबाइल वा टिभीसमेत छैन । विशेषगरी दुर्गम क्षेत्रमा, मोबाइल भएपनि इन्टरनेट छैनन् । यहाँ यस्ता थुप्रै गाउँ छन् जहाँ मोबाइल चार्ज गर्नका लागि बिजुलीसमेत छैन ।

हालै सार्वजनिक भएको यूनिसेफ, युनेस्को र विश्व बैंकको रिपोर्ट अनुसार संसारभरी करिब १५० करोड विद्यार्थी कोरोनाद्वारा प्रभावित भएका छन् । यीमध्ये ४७ करोड विद्यार्थी (३१ प्रतिशत) को पढाई हुन सकेको छैन । ईस्ट अफ्रिका र साउथ अफ्रिकामा ४९ प्रतिशत विद्यार्थीले अनलाइन कक्षाको सुविधा पाइरहेका छैनन् । ल्याटिन अमेरिकाको स्थिती पक्कै पनि राम्रो छ । यहाँका ९ प्रतिशत मात्रै विद्यार्थीले अनलाइन कक्षाको फाइदा लिन सकेका छैनन् ।

संसारभरीका ११० देशमा भिन्न–भिन्न लेभल अर्थात् पूर्व प्राथमिक, प्राथमिक वा माध्यमिक कक्षाका विद्यार्थीलाई कसरी र कुन माध्यमले पढाइँदैछ भनेर सर्वेक्षण गरिएको छ । इन्टरनेट माध्यमबाट पढ्ने विद्यार्थीको संख्या टिभी र रेडियोमार्फत् पढ्नेभन्दा धेरै छ । पूर्व प्राथमिकमा ४२ प्रतिशत, प्राथमिकमा ७४ प्रतिशत र माध्यमिकमा ७७ प्रतिशत विद्यार्थी इन्टरनेटमार्फत् पढिरहेका छन् ।

अनलाइन कक्षाको फाइदा शहरी क्षेत्रका बालबालिकाले उठाइरहेका त छन् तर गाउँका कमै विद्यार्थीमा यो सुविधा पुग्न सकेको छ । रिपोर्टका अनुसार गाउँमा हरेक चारमध्ये तीन विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित छन् । यसमा गरिब तप्काका बालबालिका बढी छन् । न्यूनतम आय भएका देशमा ४७ प्रतिशत र मध्य आय भएका देशमा ७४ प्रतिशत बालबालिका कोरोनाका कारण शिक्षाबाट टाढा भएका छन् ।

स्कूल– कलेज खोलिएको खण्डमा यी समस्याबाट छुटकारा पाउन त सकिन्छ । तर प्रश्न यहाँ उठ्छ कि के स्कूल–कलेज खोल्नका लागि तयार छन्, के उनीहरुसँग सुविधा छन् ? यूनिसेफ र डब्ल्यूएचओका अनुसार संसारमा हरेक पाँचमध्ये दुई स्कूलसँग सर–सफाईका लागि आवश्यक आधारभूत सुविधा छैनन् ।

करिब ८१ करोड बालबालिकासँग ह्यान्डवास र स्यानिटाइजर छैन । यीमध्ये ३५ करोडसँग हात धुनका लागि साबुन त छ तर ४६ करोडसँग पानी छैन । रिपोर्टका अनुसार हरेक तीनमध्ये एक विद्यालयमा पिउनका लागि पानीको पर्याप्त व्यवस्थासमेत छैन । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्