काठमाडौं, २५ माघ । राष्ट्रिय मानव अधिकार आयोगले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मा. वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको ह’त्या सम्बन्धमा तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
माघ २१ गते छात्रा भट्टको बला’त्कार पछि ह’त्या भएको आशं’का गरिएको छ । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडक अन्तर्गत लवलेक जङ्गलमा उनको विभ’त्स ह’त्या गरी फालिएको अवस्थामा श’व फेला परेको थियो ।
आयोगले आइतवार एक विज्ञप्ति प्रकाशित गरी अनु’सन्धा’नका क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घ’टनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पी’डित परिवारलाई प्रारम्भिक राहत समेत उपलब्ध गराउन माग गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घ’टना स्थल तर्फ प्रस्थान गरेको जनाएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घ’टनाको अनु’सन्धा’न तथा पछिल्लो अवस्था बारे जानकारी माग गरी पत्राचार गरेको जनाएको छ ।
आयोगले बैतडी लगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घ’टनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको जनाएको छ ।