भागरथीको ह’त्या का’ण्ड- अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद : गृहमन्त्री

काठमाडौं, ५ फागुन । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिं’साका घ’टना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको ह’त्या आ’रो’पीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरी सहितको टोलीलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत निकै सं’वेदनशील रहेको उक्त घ’टनाको सफल अनु’सन्धा’न गर्दै ह’त्यारा पक्राउ गर्न नेपाल प्रहरी सफल भएको बताएका हुन् । गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,– ‘बैतडीकी भागरथी भट्टको ह’त्यामा संलग्न अभि’युक्त कानुनी का’रबाहीको दायरामा आएका छन् । निकै सं’वेदनशील रहेको यस घ’टनाको सफल अनु’सन्धा’न गर्दै अभि’युक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिं’साका घ’टना नियन्त्रण गर्न गृहमन्त्रालय सं’वेदनशील रहेको तथा यस्ता घ’टनामा संलग्नहरुलाई कार’बाहीको दा’यरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्‍याउन चाहन्छु ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालय बाट फर्किने बेला बेपत्ता भएकी थिइन् । भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृ’त अवस्थामा फेला परेकी थिइन् । प्रहरीले भागरथीका ह’त्यारालाई पक्राउ गरेर आज बुधबार सार्वजनिक गरेको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्