भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष तामाङको कोरोना सङ्क्रमण बाट मृत्यु

चितवन, २५ असोज । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए ।

उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा. पौडेलले बताए ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्यक्ष तामाङको निधनप्रति महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङ प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । कोरोना संक्रमण बाट निधन भएका वडाध्यक्ष तामाङको सम्मानमा भरतपुर महानगरपालिका र मातहतका कार्यलय सोमबार एकदिन बन्द रहने शोक वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्