काठमाडौं, २ माघ । भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत जागातीको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर भएका ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ मृत अवस्थामा फेला पारेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीका अनुसार बिहीबार राति ८ बजेतिर सुर्यविनायक पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा घोप्टो परेको अवस्थामा श्रेष्ठको शव फेला परेको हो ।
उनी दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिउँसो काम गरेर मादक पदार्थ सेवन गरी आफु बसेको कोठामा फर्किने क्रममा खोल्सामा आफै लडी मृत्यु भएको देखिएको छ ।
घटनाको थप अ’नुस’न्धान गर्न पोष्टमार्टको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको डिएसपी गिरीले जानकारी दिए ।