बेप’त्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुटन अपिल

सिन्धुपाल्चोक, २५ असार । गए राति आएको भी’षण बा’ढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेप’त्ता भएका छन् भने २ श’व प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बा’ढीले ठूलो क्ष’ति पुगेको बताइएको छ । बिहान ५ बजेबाट हरा’एकाहरुको खोजी कार्य थालिएको छ ।

प’हिरोमा परेका उनीहरु भोटेकोशी नदीमा वेप’त्ता भएका हुन् । भोटेकोशी नदीले अरनिको राजमार्गको जुरे क्षेत्र र बाह्रबिसे क्षेत्रमा सडक पूर्णरुपमा क’टान गर्दा सो क्षेत्रसँग सम्बन्धसमेत वि’च्छेद भएको छ । घटनामा घा’ईते ३ जनाको उद्दारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जनाइएको छ ।

श’व फेला परेकामा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको स्थानीयले जानकारी दिएका छन् ।

बा'ढी

प्रचण्डले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बेप’त्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुटन अपिल पनि गरेका छन् । अध्यक्ष प्रचण्डले बझाङ, सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानमा बा’ढी र प’हिरोका कारण ठूलो मानवीय तथा धनमालको क्ष’ति भएको भन्दै प्राकृतिक वि’पत्तिमा परि नि’धन भएकाहरुको परिवारमा स’मवे’दना व्यक्त गरेका छन् ।

यसैबीच सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे र जम्बु बजार लगायतमा बा’ढी प’हिरोले क्ष’ति पुर्याएको स्थानको स्थलगत अवलोकनका लागि त्यसतर्फ लागेको सापकोटाको निजी सचिवालयले जनाएकोे छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्