तपाईंको आज : २०७७ कार्तिक १९ बुधवारको राशिफल

२०७७ कार्तिक १९ बुधवार, चतुर्थी – 04 Nov 2020

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विना संघर्ष लक्ष्यमा पुग्न सकिने छैन । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । अधुरा काम सम्पादन हुनेछन् । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । पारिवारिक समस्या समाधान भएर जानेछन् । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
गरे जस्तो,सोचे जस्तो कहि कतै नहुन सक्छ । पारिवारिक खर्चमा अत्याधिक वृद्धि हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । भौतिक सुखमा कमि आउनेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग मनमुटाव बढ्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बाह्य कुरामा ध्यान नदिई काम गरेमा उपलब्धि हात लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको भर नपर्नु होला आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । कृषि तथा शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समय प्रतिकुल देखिन्छ । मनमा अस्थिरता बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला । आफन्तमा राम्रो गर्न खोज्दा नराम्रा हुनसक्छ । कर्म क्षेत्रमा चाण्डालको आगमन हुनसक्छ सतर्क रहनुहोला । विना उपलब्धिको यात्रा हुनसक्छ । व्यापार घट्नेछ भने खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयले साथ दिनेछ । बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोग मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन प्रतिकुल बन्नेछ । अन्तिम चरणमा पुगेका काम रोकिन सम्भावना बढि देखिन्छ । परिश्रम खेर जान सक्छ । विश्वासमा धोका हुनसक्छ । काम गर्ने वातावरण विग्रेने छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानीगर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लखाईमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुनेछ ।

राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्