तपाईंको आज : २०७७ भदौ ४ बिहिवारको राशिफल

२०७७ भदौ ४ बिहिवार
Aug 20, 2020
प्रतिपद
दर खाने दिन, गुंला पर्व समाप्ति

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – रिस,डाहा गर्ने बढि हुनेछन् । गोप्य सूचना नचुहाउनु होला पछि आफैलाई अप्ठ्यारो पर्नेछ । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पहिचान नभएका व्यक्तिसँग आर्थिक करोवार नगर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । त्यसैले सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन् । धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – धेरै रमाईलोमा भुल्दा उपलब्धि गुम्न सक्छ सचेत हुनुहोला । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । लोभ मोह बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दापत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विस्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – मनोरञ्जन र रसरङ्गका लागि आजको दिन अनुकूल छ । प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । नियमित खानपानको समयमा फेरबदल हुने सम्भावना छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय व्यतीत हुनाले बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – समयको गतिसैग काममा सुधार आउनेछ । विवादित काममा हात नहाल्नु होला । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनु होला । सहि निर्णयको अभावमा पूर्ण लाभ लिन सकिने छैन ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – हुन त चन्द्रमको धनस्थानमा उपस्थिति देखिन्छ, तर आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर यसबाट तपाईंको दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्