बिष्णु माझीको मुटु छुने आवाजमा किशोर खत्रीको मन रुवाउने अभिनय (भिडियो सहित)

उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको जनता डिजिटल्सले फेरी आर्को उत्तिकै आशा गीत सार्वजनिक गरेको छ । लोकप्रिय गायिका बिष्णु माझी र गायक बिरेन्द्र बुढाको ‘बरबर आँशुू’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

शक्तिराम डीसीको शब्द चयनमा केशव सापकोटाको लय सिर्जना रहेको गीतमा राजु सुनामले संगीत संयोजन गरेका छन । गीतमा आफ्नो जिन्दगीसंग हरेष खाएर भगवानसंग गुनासो गरिएको छ ।

भिडियोमा किशोर खत्रि, रेजिना बिष्ट र महिमा गिरिको अभिनय देख्न सकिन्छ । सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमिरे र दिपक गिरीले खिचेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

जनता डिजिटल्सको आफ्नै आधिकारीक च्यानलबाट बजारमा ल्याइएको गीतले छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्