बिरामीलाई अस्पतालले भर्ना नलिंदा एम्बुलेन्स भित्रै मृत्यु

विराटनगर, १० साउन। विराटनगरको कोशी अस्पताल इमरजेन्सी वार्ड अगाडि एक व्यक्तिले एम्बुलेन्समै ज्यान गुमाएका छन्। कोरोनाको लक्षण देखिएर अस्पताल लगिएका उक्त व्यक्तिको रिपोर्ट भने नेगेटिभ आएको छ।

विराटनगरका ठूला अस्पतालको लापरबाहीका कारण समयमा उपचार नपाएर एम्बुलेन्सभित्रै ज्यान गुमाएका युवक उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राई हुन्। उनको मृत्यु पश्चात गरिएको कोरोना परिक्षणमा रिपोर्ट भने नेगेटिभ आएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आएपछि शव शनिबार बिहान परिवारका सदस्यलाई बुझाइएको छ । उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गर्दै विराटनगरको नोबेल र कोशी अस्पतालमा लैजाँदा त्यहाँ भर्ना लिएका थिएनन् । अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्सभित्रै शुक्रबार दिउँसो साढे ३ बजे राईको मृत्यु भएको थियो।

विराटनगरकै कोसी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी एक महिलाको पनि कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी सदाको शुक्रबार दिउँसो २ बजेतिर मृत्यु भएको हो।
उनको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना संक्रमण भएको आशंकामा उनलाई बिहीबार आइसोलेसनमा भर्ना गरेर स्वाब परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट भने नेगेटिभ आएको डाक्टर डा. चुुमनलाल दासले जानकारी दिए।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्