बिक्रम र सुनिताको गीतमा दिलिप ऐश्वर्याको रोमान्स

कुनै समयमा नेपाली चलचित्रमा निकै राज गरेका अभिनेता दीलिप रायमाझी पछिल्लो समय फाट्टफुट्ट म्युजिक भिडियोमा देखिने गरेका छन् । महंगो पेरिश्रमिक लिने दिलिपलाई मोडलिङमा पनि उत्तिकै रुचाइएको छ ।

रायमाझी अभिनित नयाँ गीत ‘आधा माया’ सार्वजनिक भएको छ । चर्चित सर्जक तथा गीतकार बसन्त थापाको लय सृजना रहेको यो लोकदोहोरी गीतमा प्रल्लाद सुबेदीको शब्द रहेको छ ।

चौतरीको बर गीतबाट चर्चामा आएका बिक्रम परियारसंगै सुनिता बुडा क्षत्रीको स्वर गीतमा पाउन सकिन्छ ।

गीतको भिडियोमा अभिनेता दिलिप रायमाझीसँग मोडल ऐस्वर्या सुनुवारले रोमान्स गरेकी छन् । भिडियोमा राधा र कृष्णको प्रेमलीला समेटा समेटिएको छ ।

सुनिल क्षत्रीको निर्देशन रहेको भिडियोमा नबराज उप्रेतको छायाँकन तथा अमृत चापागाईको सम्पादन रहेको छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्