हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको समापन संगै नेपाली सांगीतिक क्षेत्रले दशै आएको झल्को दिइसकेको छ । यहि परिवेसमा नेपालीहरुको महान पर्व वडा दशैलाइ लक्षित गर्दै सर्जक बासुदेव पोखरेलको सृजनामा दशै गीत खाली निधार बजारमा आएको छ ।
प्रदेशको दु:ख त्यसमाथी अहिले झन कोरोना भाइरसबाट थिलो थिलो बनेको विश्व अनि यहि कारणले दुःख माथि दुःख थपिएर घरमा आउन नपाउदाको पिडालाई गीतमा उतारिएको छ ।
वर्ष दिनको दशैमा घरमा आउने मन हँदा हुँदै पनि विदा अनि धनको कारणले आउन नपाएपछी आफ्नो प्रेमीकालाई प्रदेशबाटै खाली निधार नराख्न प्रेमिले आग्रह गरेका छन भने घरमा बसेकी प्रेमीकाले धन सम्पत्ति नभएपनी दशै तिहार सँगै मनाउने हो भन्दै घरमा आउन आग्रह गरेको दृश्य गीतले बोलेको छ।
गीतको सृजना गुल्मेली सर्जक बासुदेव पोखरेलले गरेका हुन भने लय सृजना मनोज ढकालले गरेका हुन। कृष्ण लामिछाने र टिका पुनको आवाजमा सजिएको गीतको बजार व्यवस्थापन सर्व सम्मान म्युजिक प्रा.ली.ले गरेको छ। गीतको भिडियो समेत निकै आकर्षक बनेको छ। मोडल सुर्य वली र स्वस्तिका सिंङ्गको अभिनय रहेको गीतको निर्देशन प्रकाश क्षेत्री, छायांकन विरेन्द्र भट्ट र सम्पादन अनिल रानाले गरेका हुन।