काठमाडौँ, २६ कार्त्तिक। यतिबेला राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा घम्साघम्सी दोहोरी नै चलेको छ। राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनि व्यक्त गरेका थिए जसमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोयबल्स शैली भएको बताएका छन्।
डा. भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डको समेत नाम लिँदै आफूहरु क्रान्तिका अगुवा भएको र आफूहरु जीउँदो छँदै यस्तो झुट बोल्नु उपयुक्त नभएको बताएका छन्। उनले अध्यक्ष थापालाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् :
‘मेरा सहपाठी मित्र कमल थापाले गोबल्सको दुष्प्रचार–सूत्र ‘झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’ को अनुशरण गर्दै पुनः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन्! क्रान्तिका अगुवा प्रचण्ड–बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र?’
मेरा सहपाठी मित्र@KTnepal ले ग्वेबल्सको दुष्प्रचार-सूत्र ’झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’ को अनुशरण गर्दै पुन: गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन्! क्रान्तिका अगुवा प्रचण्ड-बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र? https://t.co/mhIb1lodi4
— Baburam Bhattarai (@brb1954) November 11, 2020
यसको जवाफ दिंदै राप्रपा अध्यक्ष थापाले प्रचण्ड-बाबुरामले क्रान्तिकाे भारी बोके पनि उनीहरु मालिक नभएको बताएका छन्। उनले सुरुमा प्रचण्ड–बाबुरामको कुरा सबैले पत्याए पनि पछि सक्कली मालिकले दावा गरेको भन्दै बालहठ नदेखाउन भट्टराईलाई आग्रह गरेका छन्। उनले ट्विटरमा बाबुराम भट्टराइलाइ मेंशन गर्दै लेखेका छन् :
फेरि हँसाउनु भयो सहपाठी मित्र ‘बाबुराम भट्टराइले’ कति हास्नु हो ‘क्रान्तिको’भारी’ नेपालमा तपाईंहरूले बोकेर ल्याएको हो। त्यसमा कुनै विरोध छैन। तर,त्यो भारीको मालिक तपाईंहरू होइन, सुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए। तर, जब सक्कली मालिकले भारीको दावी गरेपछि त्यसमा तपाईले बालहठ नदेखाएकै बेश।
फेरी हसाउनु भयो सहपाठी मित्र @brb1954 ले।कति हास्नु हौ!
— Kamal Thapa (@KTnepal) November 11, 2020
क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो।त्यसमा कुनै विरोध छैन।तर,त्यो भारीको मालिक तपाईहरू होईन,शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए।तर,जव सक्क्ली मालिकले भारिको दावि गरेपछि
त्यसमा तपाईले बालहठ नदेखाएकै बेश https://t.co/A7IjH7MbfS