बाग्लुङ,२६,असोज। नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकामा सर्तकता अपनाइएको छ ।
विभिन्न संचार माध्यममा बाग्लुङ नगरपालिका अनिश्चित कालका लागी बन्द भनेर आएको खवरलाई फलोअप गर्न हामीले बाग्लुङ नगरपालिकाका सुचना अधिकारी युक्त प्रसाद सुवेदी सँग सम्पर्क गरेका थियौँ ।
अधिकारीका अनुसार नगरपालिकाका १ जना जनप्रतिनिधि र १जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको भनाइ छ । हामीले नगरपालिका भित्र अनावाश्यक भिडभाड नगर्न भनी सुचना दिइएका छौ। अधिकारीले भने।