बाग्लुङमा आगलागी घरगोठ जलेर नष्ट

बागलुङ, १ मंसिर । बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो ।

ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेर नष्ट भएका हुन् । ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठ समेत समातेको स्थानीयले बताए । आगलागी बाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहना समेत जलेको पीडितको भनाइ छ ।

साँझको समयमा घरमा आगलागी भएपनि घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताए । उनका अनुसार घरगोठ जल्दा करिब रु १० लाखको क्षति भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्