बाँदरपीडित कृषकलाई बाँदर धपाउने ब’न्दुक निःशुल्क वितरण

तनहुँँ, २१ असार । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने ब’न्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने ब’न्दुक निःशुल्क विरतण गरेको हो ।

पहिलो चरणमा ९० थान ब’न्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ब’न्दुक खरिद गरेर ल्याई कृषकहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । बालीनाली खाएर कृषकले नो’क्सानी बेहोर्नुपरेपछि कृषकलाई ब’न्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उनले बताइन् ।

बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा आएर राहत चाहियो भन्दै आ’न्दोलन गर्ने गरेका थिए । उनले भने, ‘पहिलो चरणमा भेग मिलाएर आएको जति ब’न्दुक बाँडेका छौँ, अझै पनि मागअनुरूप पुगेको छैन, मगाएर वितरण गर्ने योजना बनाएका छौँ ।” गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था आबद्ध छन् । एक टोलमा दुई वटाको दरले वितरण गर्नुपर्ने देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सा’स्ती दिन थालेपछि कृषकहरुले पटकपटक गाउँपालिकामा आएर ब’न्दुक माग गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्