बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले लेखिन अलबिदा ट्विटर

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरबाट बिदा भएकी छन् । उनले आफ्नो एकाउन्ट निष्क्रिय गरेकी छन् । नकारात्मकताबाट पर रहन र आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर ट्वीटरबाट बिदा हुने निर्णय गरेको सोनाक्षीले बताएकी छन् ।

उनले यो जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा आफ्नो ट्वीटर पोस्टको स्क्रीनसत पोस्ट गरेकी छन्, जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्य र नकारात्मकताबाट पर रहनका लागि मैले पहिलो कदम चालेकी छु ।

मेरो ट्वीटर एकाउन्ट डिएक्टिभेट गर्दै छु ।’ सोनाक्षीले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन् । उनले लेखेकी छन्, ‘आग लगे बस्ती में, मैं अपनी मस्ती में । अलविदा ट्वीटर । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्