बर्मन बुढाको अन्त्यष्टिका लागि कम्युनिष्ट नेताहरु आर्यघाट पुगे

काठमाडौं, ७ साउन । नेपाली कम्युनिष्ट आन्दोलनका एक योद्धा बर्मन बुढाको अन्त्यष्टिका लागि कम्युनिष्ट नेताहरु आर्यघाट पुगेका छन् ।

९० वर्षको उमेरमा बुढाको बुधबार बिहान स्वर्गीए भएका बुढालाई अन्तिम श्रद्धान्जलीका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य लगायतका कम्युनिष्ट नेताहरु आर्यघाट पुगेका थिए ।

तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका बुढाको पार्थिव शरीरमा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दा माहोल निकै भावविह्वल बनेको थियो । लामो समयदेखि क्यान्सरबाट ग्रसित बुढाको आज उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्