बन्दीपुरमा चितुवा आतङ्क, स्थानीयवासी त्रसित

तनहुँ, २४ कत्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आत’ङ्कले स्थानीयवासी त्र’सित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आ’क्रम’ण गर्न थालेपछि स्थानीयवासी त्र’सित भएका हुन् ।

शनिबार राति स्थानीयवासी गणेश बहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आ’क्रम’ण गरेको छ । स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आ’क्रम’ण बाट पाँच वटा खसीबोका मरेका छन । “घरमै आएर चितुवाले आ’क्रम’ण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,” उनले भने ।

वडाध्यक्ष सन्त बहादुर गुरुङले बन्दीपुरमा चितुवाको आ’तङ्क रहेकाले स्थानीयवासी त्र’सित रहेको जानकारी दिए । “शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,” उनले भने, “चितुवाको आत’ङ्क भने छ ।” उनका अनुसार केही समय अगाडि भने स्थानीयवासीले पालेका खसीबोकालाई चितुवाले आ’क्रम’ण गरी मा’रेको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आत’ङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आ’क्रम’ण बाट बालबालिकाले समेत ज्या’न गुमाएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्