फ्रान्स, इटाली, जर्मनी र स्पेनमा फेरि बढ्दै कोरोना संक्रमित

काठमाडौं, ५ भदौ। फ्रान्समा बिहीबार कोरोना भाइरस (कोभिड-१९) का चार हजार ७७१ नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा फ्रान्समा कोरोना भाइरसका एक हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् ।मे पछि पहिलोपटक फ्रान्समा कोरोना भाइरसका चार हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

फ्रान्सका साथै स्पेन, जर्मनी र इटालीमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । स्पेनमा अधिकांश संक्रमण युवामा देखिएको छ भने जर्मनीमा विदेशबाट फर्किएका मानिसहरुमा धेरै संक्रमण देखिएको छ । स्पेनमा बिहीबार कोरोना भाइरसका तीन हजार ३४९ नयाँ संक्रमित थपिएका हुन् ।

बेलायतमा पनि बिहीबार कोरोना भाइरसका एक हजार १८२ नयाँ संक्रमित फेला परेका छन् । जर्मनीमा पनि एक हजार ७०७ नयाँ संक्रमित थपिएका थिए । कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको युरोपेली मुलुक इटालीमा पनि बिहीबार ८५४ नयाँ संक्रमित थपिएका हुन् । गत मेपछि पहिलोपटक इटालीमा यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा कोरोना भाइरसको परीक्षण बढाइएसँगै कोरोना भाइरसका संक्रमित पनि बढेका हुन् । गत साता फ्रान्समा ६ लाख ६४ हजारभन्दा धेरै कोरोना भाइरसको परीक्षण गरिएको थियो । यद्यपि फ्रान्समा जुलाईको तुलनामा अगाष्टमा करिब दोब्बर कोरोना भाइरसका संक्रमित भेटिएका छन् । फ्रान्सको सबै ठूला सहरमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

साथै लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य बनाउने प्रयासमा कोरोना भाइरसको संक्रमणमा उल्लेख्य मात्रामा बढेको छ । भौतिक दुरीको नियम नमान्ने मानिसहरुको कारण पनि कोरोना संक्रमण बढेको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्