फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार फ्रान्समा गएको २४ घन्टा यता मात्र ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या कोभिड १९ को महामारी शुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ । फ्रान्सका स्वास्थ्य अधिकारीहरुले पुरै देशभर र अझ बढी पेरिसमा कोभिडको संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् ।

अधिकारीहरुका अनुसार यस संक्रमण बाट फ्रान्समा बिहीबार ५८ हजार जना भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ६० हजार जना भन्दा बढी देखिएका हुन् । यो सँगै फ्रान्समा आज सम्ममा १६ लाख ६१ हजार ८५३ जना नागरिक सङ्क्रमित हुन पुगेका छन् ।

फ्रान्समा गएको २४ घन्टामा ८२८ जनाको कोरोनाकै कारण निधन भएको छ । योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३९ हजार ८६५ जना पुगेको छ । गत हप्ता मात्र २० हजार भन्दा बढी सङ्क्रमित अस्पताल भर्ना भएका फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण निकै द्रुत गतिमा बढ्दै गएकोले थप सतर्कता अपनाउनु पर्ने बताएका छन् । कोरोनाका सङ्क्रमितहरु बढ्दै गए पछि धेरै स्थानमा प्रतिबन्धहरु पनि लगाइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्