प्रेम सम्बन्धलाई लिएर एक किशोरीको ह’त्या

रौतहट, २२ असोज । रौतहटमा प्रेम सम्बन्धलाई लिएर एक किशोरीको ह’त्या गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ छतौना टोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको ह’त्या गरेको अ’भियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय फुल महम्मद रहेका छन् । सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मद सहित ४ जनाले रोबिनाको ह’त्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव फालेका थिए । शव फालेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई बुधबार राति पक्राउ गरेको हो ।

साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । घटना सम्बन्धमा प्रहरीले थप अ’नुसन्धा’न गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्